+
Search

ताजा अपडेट +

पपुलर +

कृष्णबहादुर घले-हत्याको निष्पक्ष छानविन माग

Demand an impartial investigation into the murder nepali congress nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – कृष्णबहादुर घले हत्याको सत्यतथ्य बाहिर ल्याउन नेपाली काँग्रेस नुवाकोटले निष्पक्ष छानविन तथा दोषी उपर कारवाहीको माग गरेका छन्।

आज मंगलबार नेपाली काँग्रेसका उपसभापति राजु थापा र सचिव श्रीराम श्रेष्ठको टोलिले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी किरण थापालाई निष्पक्ष छानविनको माग गर्दै पत्र बुझाएका हुन् ।

पत्रमा भनिएको छ “घले चढ्ने बा ८१ प ५३८३ को मोटरसाइकल तथा लगाउने हेलमेट बाटोमा सुरक्षित रहेको तर मान्छे त्यहिँ नजिकै मृत अवस्थामा फेला पर्नु रहस्यमय छ भन्ने ठहर हाम्रो रहेको छ । उक्त घटनाको निष्पक्ष छानविन गरी सत्यतथ्य सार्वजिनक गर्न नेपाली काँग्रेस नुवाकोट जोडदार माग गर्दछ। “

गत फाल्गुण १८ गते बिहिबारदेखि हराईरहेका कृष्णबहादुरको म्यागङ गाउँपालिका-२ को ग्युलमाने भीरबाट करिब २०० मिटर तल शंकास्पद अवस्थामा सोमबार दिउँसो फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

६० वर्षीय घले साविक साल्मे गाउँ विकास समितिका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस नुवाकोटबाट महाधिवेशन प्रतिनिधि समेत हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ