+
Search

ताजा अपडेट +

पपुलर +

लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध प्रभातफेरि

International Day against Drug Abuse and Illicit Trafficking
डबली खबर
३ साल अगाडी

नुवाकोट – आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अबसरमा नुवाकोटमा पनि जनचेतनामुलक प्रभातफेरि गरेर मनाईएको छ । विदुर नगरपालिका वडा नं. ४ बट्टार क्याम्पसगेटदेखि जिल्ला समन्यव समितिसम्म प्रभातफेरि गरेर मनाईएको हो ।

“मानवीय स्वास्थ्य संकटको बेला झन्, लागू औषध चुनौती गरौँ सम्बोधन” मूल नाराका साथ आज देशभर यो दिवस नेपाल लगायत विश्वभर मनाईदै छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध एक्यवद्धता जनाउन आव्हान गर्दै प्रभातफेरीको शुरुवात गरेका थिए।

जिल्ला प्रशाशन कार्यालय नुवाकोटको आयोजनामा भएको प्रभातफेरीमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, संघसंस्थाहरुको प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सहभागीहरुले ‘बनाऔ लागु औषध मुक्त गाउँ सहर, मिलेर संघ प्रदेश अनि स्थानीय सरकार’, ‘सुखी नेपाली समृद्ध नेपालको सपना, लागुऔषधमुक्त समाज हाम्रो परिकल्पना’ लगायतका सन्देशमुलक प्ले कार्ड सहित प्रभातफेरीमा सहभागिता जनाएका थिए ।

बिश्वव्यापी साझा समस्याको रुपमा रही आएको  लागू औषध प्रयोग नेपालमा पनि समस्याको रुपमा देखिएको छ । बिशेषगरि मदिरा, सूर्तिजन्य, पदार्थ एबं गाजा चरेसको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको तथ्याङकले देखाएको छ। लागू पदार्थको अबैध ओसार पसार तथा कारोबारलाइ हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ।

लागू औषध दुर्व्यसनबाट देखा पर्ने लक्षण तथा असरः-

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ