+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ
डबली खबर
३ साल अगाडी

नुवाकोट – नवलपरासी र पर्साबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती नगरपालिका-३ सहिद स्मृति स्कुल नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८८ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-३ बस्ने १८ वर्षीय किशोर र नुवाकोट विदुर नगरपालिका-४ बस्ने २० वर्षीय सुनिल भुजेल रहेका छन् ।

यस्तै, पटेर्वासुगौली गाउँपालिका-४ अकुवा टोलबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित ६८ वर्षीय रामेश्वर पन्जियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ