+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकममा नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

Nepal Telecom and nepal bank contract
डबली खबर
३ साल अगाडी

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने गरी असार १ गते सम्झौता भएको छ ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरे ।

सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टार गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सुबिधा सिमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ