+
Search

ताजा अपडेट +

पपुलर +

कार्यपालिकामा एमालेको प्यानल नै विजयी

cpnuml nepal
डबली खबर
३ साल अगाडी

नुवाकोट – विदुर नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको प्यानललै विजयी भएका छन् । निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई भारी मतले पराजित गरि एमालेको प्यानल नै विजयी भएको हो ।

विजयी हुनेहरुमा बिन्दा तिमल्सिना, सबु मिजार, साबित्री राई, इन्दिरा मिजार र राधिका तामाङ, दिपक कुमाल, सिताराम मिजार र शिवबहादुर विश्वकर्मा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

योसँगै विदुर नगरकार्यपालिकमा नेकपा एमालेको बहुमत पुगेको छ । नगर कार्यपालिकाको २३ सदस्यीय कार्यसमितिमा एमालेको १३ र गठबन्धनमा रहेका नेपाली कांग्रेसको ६ र माओवादी केन्द्रको ४ सहित १० सिट रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ