+
Search

ताजा अपडेट +

पपुलर +

गायक रिमालको ‘आमा’को म्युजिक भिडिओ सार्वजनिक

aama -music video
डबली खबर
४ साल अगाडी

विदुर – नुवाकोटका गायक आरसी रिमालको ‘आमा’ बोलको म्युजिक भिडीओ सार्वजनिक भएको छ । गायक रिमालकै युट्युव च्यानलमार्फत शुक्रबार उक्त गीतको भिडिओ सार्वजनिक भएको हो ।

गीतमा राजीव रानामगरको शब्द र टिका बमजमको संगीत रहेको छ । म्युजिक भिडीओको सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका छन् ।

म्युजिक भिडीओमा पिटर गुरुङको निर्देशन र छायाँकन रहेको छ।

मातातीर्थ औशीको अवसरमा सार्वजनिक गरिएको गीतको भिडिओमा आमाको माया, स्नेहबारे दर्शाएको छ । भिडिओमा समुन्द्र रिमाल र विद्या कार्कीको अभिनय रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ