+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक वन अधिकारकर्मीलाई रिहाइको माग

federation forest community
डबली खबर
४ साल अगाडी

नुवाकोट – वन तथा वातावरण मन्त्रालयले तयार गरेको प्रस्तावित वन नियमावली, प्रदेश सरकारहरुले ल्याएको वन ऐन तथा सामुदायिक वनको अधिकार कटौती हुने गरी घोषणा गरिएको संरक्षित क्षेत्रभित्र मानव अधिकार हननका विषय र समुदायलाई वनपैदावार उपभोग गर्नबाट बञ्चित गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नुवाकोटकी अध्यक्ष मिका रिमालले बताइन् ।

अध्यक्ष रिमालले मङ्गलबार प्रेस विज्ञप्ती जारी गर्दै सामुदायिक वन उपभोक्ता समुहको सवैधानिक र कानुनी अधिकार हनन हुने गरि नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरुका विरुद्ध वन विभाग परिसरमा विगत एकहप्तादेखि नेपालको संविधान प्रद्धत्त मौलिक हकका आधारमा शान्तिपूर्ण एक घण्टे घर्ना कार्यक्रम सञ्चालन गर्दै आएको महासंघका अध्यक्ष भारती पाठकसहितको समुहलाई नेपाल प्रहरीले धरकपट गरी गिरफ्तार गरेकोमा महासंघ घोर आपत्ती र भत्सर्ना गरेकी हुन् ।

प्रहरीले ठाडो हस्तक्षेप गरि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष सहित १४ जनालाइ पक्राउ गरेकाेमा तत्काल रिहाईको माग समेत गरेको छ छ त्यसकाे विरुद्ध थप आन्दाेलन हुने चेतावनी समेत दिएकी छिन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ