+
Search

ताजा अपडेट +

पपुलर +

नदेखिने घाउको नाटक मञ्चन

drama nadekhine ghau
डबली खबर
४ साल अगाडी

विदुर – इन्टरनेसनल सेन्टर फर सोसियल थिएटर (आईसीएसटी) नेपालले नुवाकोटका विभिन्न विभिन्न विद्यालयहरुमा चेतनामूलक ‘नदेखिने घाउ’ को नाटक मञ्चन गरेका छन्।

कोशिस नेपालको प्रायोजनमा शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन गरिएको आईसीएसटी नेपालका नाटक संयोजक प्रकाश दाहालले जानकारी दिए ।

विद्यालय उमेरदेखि नै मन र मस्तिष्क विषयमा ज्ञान दिन सकेको खण्डमा कुनै पनि ब्यक्ति मनोसामाजिक समस्यामा जोगिनको लागि जनचेतनामूलक नाटक मन्चन गरिएको कोशिस नेपालका मनोविद् सफल सापकोटाले बताए। उनका अनुसार पञ्चकन्या गाउँपालिकाको कालिका मावि, क्षेत्रपाल मावि, बच्छला मावि, कुण्डला मावि, गम्बोडाडा विद्यालय, उदय जालपा मावि, पञ्चकन्या मावि नाटक प्रदर्शन गरेका छन् । त्यस्तै शिवपुरी गाउँपालिकाको कुम्भेश्वर मावि, लिखु गाउँपालिकाको क्षेत्रपाल मावि, सिद्धीगणेश आधारभूत विद्यालयमा नाटक प्रदर्शन गरेका छन्।

नाटक प्रदर्शनको क्रममा विद्यालय तहमा समेत मनोसमाजिक समस्यामा परेका थुप्रै विद्यार्थी भेटिएको सो संस्थाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ