नुवाकोट – गायक रामेश्वर भण्डारी र भाईकाजी गुरुङको ‘राख्दै गर्नु जमरा काली’ बोलको म्युजिक भिडीओ सार्वजनिक भएको छ ।
मिलन फिल्मस् प्रोडक्सनको युट्युव च्यानलमार्फत सोमबार नयाँ गीत सार्वजनिक भएको हो । गीतमा गायक भण्डारी र गुरुङलाई काँठ क्षेत्रकी चर्चित गायिका प्रतिमा अर्याल र संगीता कार्कीले साथ दिएका छन् ।
गायक भण्डारीले नजिकिँदै गरेको दशैंलाई मध्यनजर गरेर सार्वजनिक गरेको गीतमा सङ्गीत स्वयंकै रहेको छ ।
गीतमा शब्द अशोककुमार सापकोटाको रहेको छ भने एरेन्ज नारायण दंगालको रहेको छ ।
म्युजिक भिडीओमा सन्तोष तिमल्सिनाले छायाँकन गरेका छन् भने रोशन धितालको सम्पादन र अञ्जना लामिछानेको श्रृंगार रहेको छ ।
मिलन श्रेष्ठको निर्देशनमा बनेको उक्त म्युजिक भिडीओमा निहारिका थापा, भगवान कार्की, राजन दुलाल, माया घिमिरे र सुजन थापाले अभिनय गरेका छन् ।
गायक भण्डारी पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्ज्याङ निवासी हुन् ।

प्रतिक्रिया