१,
जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियालो आत्मीयता सबैमा ।
२,
संसार चिहाउँदा दुई दिने घामछाया
अडान लिइबस्दा उमेरले नेटो काट्यो
बुझेर जीवानलाई अघि बढ्दा सुगन्ध ।
३,
समाज ब्यतिथिमा अत्याचार बढ्दै गयो
भएन नियन्त्रण डरलाग्दो परिबेश
झस्किन्छु सधैं जसो नै आफैंदेखि डराए ।
४,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलब्य बन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसे टाेलाई ।
५,
गाउँको सम्झनामा बितिदिन्छ रातदिन
सम्झना हरपल सधैजसो एकोहोरो
बिर्सन गाह्रो भएछ स्वर्गतुल्य आनन्द ।
६,
मलामी जादाखेरी सुनसान भइदियो
दुखित मनलाई बुझाउनै गाह्रो हुन्छ
रापिलो मसानघाट सधैंजसो आँत्तिने ।

प्रतिक्रिया