+
Search

ताजा अपडेट +

पपुलर +

“नेपाली काँग्रेसमा धनाढ्य राजनीति नगर”- फई सिं तामाङ

fai singh tamang nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – ३९ औँ बिपी स्मृति दिवसमा आयोजित वृक्षारोपण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा नेपाली काँग्रेसका नेता फई सिं तामाङले पार्टीमा धनाढ्य राजनीति गर्नेलाई मात्र नेता गनिने प्रवृतिलाई सवक सिकाउने बताए ।

नेपाली काँग्रेस नुवाकोटद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै तामाङले भने “काठमाडौंमा नेता अर्जुन दाईलाई खाजा खुवाउन सक्ने मात्र नेता हुने!, नेता रामशरण दाईलाई दरबारमार्गमा चिया खुवाउन सक्ने मात्र नेता हुने? काठमाडौं बसेका धानाद्य साथीहरुले बेग्लै राजनीति गरेका छन् । जिल्लामा बसेर पार्टीको निर्देशनमा कार्य गर्नेको मूल्यांकन नहुने भए, पार्टीका नेतागण र पार्टीलाई सवक सिकाउने दिन आउने छ ।”

आगामी अधिवेशनलाई मध्यनजर गर्दै तामाङले भने ” गुटबन्दीबाट निर्वाचनमा आफु पनि सहभागी भएतापनि पार्टीका लागि राम्रा कार्य गर्ने व्यक्तिलाई भोट दिने र अरुलाई पनि सोहिअनुसार भन्नेछु ।”

यस्तै, १४औं अधिवेशनमा राम्रोसँग मिलाउन सकेन भने अब आउने स्थानीय तहको निर्वाचनमा समेत हार व्यहोर्ने तामाङले बताए । १३ औं अधिवेशनको तालमेल नमिल्नाले गत स्थानीय तहको निर्वाचनमा हार व्यहोरेको बताए। आफ्नो मूल्यांकनसहित अधिवेशनमा सिट खोज्नु सबैको अधिकार रहेको बताए ।

विदुर नगरपालिका वडा नम्बर ८ को कार्यालय परिसरमा भएको वृक्षारोपणमा नेपाली काँग्रेस नुवाकोटका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ