+
Search

ताजा अपडेट +

पपुलर +

बजेट विनियोजन भएको झन्डै एक बर्षपछि वडा भवन शिलान्यास

megyaan ward 6 office building foundation stone
डबली खबर
४ साल अगाडी

नुवाकोट – बजेट विनियोजन भएको झन्डै एक बर्षपछि म्यागङ गाउँपालिका वडा नं ६ को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा वडा नं ६ को वडा कार्यालयको भवन निर्माणको योजना बनाएर गाउँपालिकाबाट ३५ लाख बजेट विनियोजन भएको थियो ।

चार कोठे र एक सभाहलको बन्ने वडा भवनको गाउँपालिका अध्यक्ष आशा तामाङले शिलान्यास गरेका हुन् ।

भवन निर्माणको बजेट अपुग रहेकोले थप आवश्यक बजेट आव २०७८/७९ बाट विनियोजन गरिने वडाध्यक्ष आत्मसिङ तामाङले बताए । बजेट विनियोजन भएको झन्डै एक बर्षपछि शिलान्यास भएतापनि आगामी दिनमा वडा कार्यालय भवन निर्माणको कामले तिव्रता पाउने उनले बताए ।

वडा क्षेत्रमा रहेको सार्वजनिक जग्गामा नै वडा कार्यालय भवन निर्माण भएको वडाले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ