+
Search

ताजा अपडेट +

पपुलर +

झर-झर पानी पर्ने असारको रात

PARASmani khatiwada sindhupalchwok nepal yesubc
डबली खबर
५ साल अगाडी

पौरखले बीउ रोप्ने असारको पन्ध्र।
बिहानको सूर्यज्योति अँध्यारोको चन्द्र।।
मलाई धेरै मन पर्छ असारको महिना ।
श्रमको बिउजस्तो ठूलो अरु केही छैन।।

किसानले बगाईरहने पसिनाको धारा।
रोपाइँ गर्दै किसानहरु खेतैभरि सारा।।
माटोको टीका लाउने यो धर्तिको माथि।
माटोमै सधै रम्ने किसानहरु साथी।।

हिमालको वारीपारि पहाडैको लेक।
हिमालैको छायाँजस्तो सेरोफेरो भेग।।
प्रकृतिको शौन्दर्यमा वृक्ष देवदारु।
हिमकुण्ड माथितिर वस्छिन् होला पारु।।

गाउँमाथि अलि माथि जगलको घेरो।
हरियाली शुन्दर देख्ने लहराकै बेरो।।
पहाडलाई घेरिरहने बर्षे बादलले।
किसानलाई बिउझाईदियो वज्ने मादलले।।

पानी पर्यो जहाँतहाँ धर्ती सुसायर।
खोलानाला बढ्न थाले धर्ती थर्कायर।।
सेतासेता झरनाहरु पहाडवाट झर्ने।
रुख्खा -सुख्खा धर्तीलाई अमृतैले भर्ने।।

बीरङ्गना वीर अनि किसानको हूल।
राति राति मेघ आई आस्मानमा डुल।।
रोपाइँ गर्ने रोपाहारहरु गित गाँउछन तिरमा ।
कालो कपाल रातो पारि फूल लाउछिन् शिरमा।।

खेत साँउदै किसान जोडी बिउ रोपे धानको।
बैज्ञानिक प्रविधि त्यो नयाँ नयाँ ज्ञानको ।।
दिमागमा ज्ञान रोप खेतैभरि धान।
किसानहरु यो धर्तीका मानवका सान।।

बादलको घैला बनाई उड्ने हिमालमाथि।
वर्षा हुदाँ अमृतजस्तो किसानको साथी।।
झर्र -झर्र पानी पर्ने असारैको रात।
अमृत पाई चिल्लो हुने ती फूलका पात।।

पहेँलपुर फूलिरहने घरको छेउमा जाई।
कम्मरैमा पेटी बाध्ने बहादुर किसान दाइ।।
कान्छि रहिछिन् किसानलाई प्रेम गर्ने साथी।
माटो टिपी टीका लाईदे निधारको माथि।।

प्रकृतिको आशिर्वाद यो मानवको चोला।
खेतखेतको नजिकवाट बगिरहने खोला।।
रोपाइँको दिन थियो असारको पन्ध्र।
बादलुले नढाकोस् है पूर्णिमा र चन्द्र।।

-सिन्धुपाल्चोक 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ