+
Search

ताजा अपडेट +

पपुलर +

डिजी क्याफे सञ्चालन

dg cafe open
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटको बट्टार बजारमा डिजी क्याफे सञ्चालनमा आएको छ ।

सोमबार होटल तथा पर्यटन व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले क्याफेको उद्घाटन गरेका हुन् । उनले उत्कृष्ट स्वाद र परिकारसहित स्वदेशमै रोजगारीको सिर्जना गरी व्यवसाय सञ्चालनमा ल्याएकोमा आभार व्यक्त गरे ।

करिब सात लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको क्याफेमा पूर्णपारिवारिक वातावरणमा स्वदेश तथा विदेशी खानाका परिकारहरुको स्वाद लिन पाइने डिजी क्याफेका सञ्चालक सुबास श्रेष्ठले बताए ।

तीन जना युवाहरुको सक्रियतामा खुलेको सो क्याफेमा सिज्लर, कटलेट, फेमली कफी सप, सेमी सेलिब्रेसन जोन र पार्किङको समेत व्यवस्था भएको डिजी क्याफेका अर्का सञ्चालक पूर्णमान श्रेष्ठले बताए ।

“क्याफेले प्रतिप्लेट १२० रुपैंयाँ मै १२ वटा म:म पनि उपलब्ध गराईने छ”, उनले भने “क्याफेले प्रत्यक्ष तीन जनालाई राेजगारी प्रदान गरेको छ । सर्वाधिक रुचाईएको “मटका चिया” पनि क्याफेले केही महिनाभित्रै उपलब्ध गराईने जनाएको छ ।”

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ