+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रचण्ड-माधव समूहको विजयी जुलुस

nuwakot nekapa vijay rally
डबली खबर
५ साल अगाडी

विदुर – प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नुवाकोटमा विजय जुलुस गरेको छ।

प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसीयालीमा प्रचण्ड-माधव समूहले सदरमुकाम विदुर, दम्की, बट्टार, गङ्गटे, पिपलटार र देवीघाटसम्म विजय जुलुस गरेको छ ।

जुलुसमा संघर्ष समितिका सहभागीहरुले अनुहारमा अविर दलेर र टिका लगाएर उत्सव मनाइरहेका छन्।

विजय जुलुसमा जिल्ला कमिटि पार्टी नुवाकोटका अध्यक्ष सांसद हीरानाथ खतिवडा, सांसद नारायणप्रसाद खतिवडा, सांसद हितबहादुर तामाङलगायत सहभागी छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ