+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट शीत भण्डारले किसान ठगेको आरोप (उजुरी पत्रसहित)

nuwakot cold storage nepal complain to badri mainali press meet
डबली खबर
५ साल अगाडी

नुवाकोट – नुवाकाेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना अन्तर्गतका आलु जाेन कृषकहरुले शीत भण्डारले किसान ठगि गरेकाे आरोप लगाउँदै प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

प्रदेश सांसद बद्रि मैनाली अध्यक्ष रहेकाे नुवाकाेट शीतभण्डार प्रालिले प्रदेश सरकारकाे ११ कराेड २५ लाख रुपैयाँ बराबर ५५ प्रतिशतको अनुदानमा बनाएकाे शीतभण्डारले निर्माण सम्झैतामा भएकाे अनुदान कृषकलाई नदिएर राज्यकाेषकाे चरम दुरुपयाेग गरिएकाे भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना जाेन ईकाई सञ्चालक समितिका अध्यक्ष विनाेदराज पाठक र सचिव विवेक ढकालले संयुक्त हस्ताक्षर गरिएकाे उजुरी पत्रमा सत्य तथ्य छानविन गरि कारवाहिकाे माग गरेका छन्।

उजुरी पत्रमा भनिएको छ “भण्डारले किसानलाई दिनुपर्ने अनुदान सुविधाको जानकारी गराउन सार्वजनिक रुपमा सबैले देख्ने स्थानमा सूचना पाटी नराखेको” भनेको छ । त्यस्तै, “नुवाकोट शित भण्डार प्रालिको कार्यालयभित्र राखेको शुल्क विवरणमा प्रति बोरा ६० केजी को रु ३१५ उल्लेख गरेको भएपनि किसनसँग रु ३५० असुल गर्दै आएको” उल्लेख छ ।

उजुरी पत्र

कृषककाे माग सम्बाेधन नभए शीतभण्डार किसानले कब्जा गर्ने चेतावनी दिदै राज्यशक्तिकाे आडमा किसानलाई दुःख नदिन पनि आग्रह गरेकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ