+
Search

ताजा अपडेट +

पपुलर +

सङ्क्रमित निको हुने बढ्दै

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा आज थप ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जिल्लामा निको हुनेको सङ्ख्या ९७६ पुगेको छ ।

बिहिबार थप ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ३६ पुगेको छ। सङ्क्रमित हुनेमा म्यागाङ र शिवपुरी गाउँपालिकाका १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा होम आईसोलेसनमा बस्नेको सङ्ख्या ५९ पुगेको छ ।

हालसम्म आठ हजार ६५२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ