+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनमै हुलाक टिकट काउन्टर

डबली खबर
५ साल अगाडी

नुवाकोट – सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने निवेदनहरुमा हुलाक टिकट अन्यत्र जानुपर्ने झन्झट हटेको छ ।

सेवाग्राहीको सुविधा र हितका लागि प्रशासन कार्यालयबाट जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाउँदै बुधबारदेखि प्रशासन कार्यालयमै रहेको हुलाक टिकट काउन्टरबाट किन्न पाउने सुविधाथप गरिएको जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

सरकारी कार्यालय लक्षित काउन्टरको व्यवस्था गर्नको लागि जिल्ला हुलाक कार्यालयकाे समन्वयमा प्रशासन कार्यालयभित्रै हुलाक टिकट बिक्री काउन्टर राखिएको ढकालले बताए । टिकट काउन्टर सञ्चालनमा आएसँगै सेवाग्राहीले निवेदन, नागरिकताकाे सिफारिस लगायत अन्य प्रयाेजनका लागि आवश्यक पर्ने हुलाक टिकट ताेकिएकै मूल्यमा किन्न पाउने ढकालले बताए ।

अधिकांश सरकारी कार्यालयहरूमा हुलाक टिकट आवश्यक हुन्छ । उक्त काउन्टरबाट प्रशासन कार्यालय नजिकै रहेको मालपोत, नापी, अदालत, विदुर नगरपालिका वडा नम्बर २ को कार्यालय र अन्य कार्यालयमा आवश्यक पर्ने हुलाक टिकट सेवाग्राहीले खरिद गरी सहज, सरल र छिटाे सेवा प्राप्त गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस अघि सेवाग्राहीले करिब ५०० मिटर अगाडी रहेको जिल्ला हुलाक कार्यालयमै गएर किन्नुपर्ने थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ