+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटकी रजनी ‘मिस युनिभर्स नेपाल २०२०’ टप ५० मा

miss universe nepal 2020 rajani mishra nuwakot tws
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२०’ मा नुवाकोटकी रजनी मिश्र उत्कृष्ट पचासभित्र पर्न सफल भएकी छिन् ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का २३ वर्षीया रजनी “स्पट प्रश्नोत्तर राउण्ड”मार्फत सफल हुँदै उत्कृष्ट पचासभित्र परेकी हुन् । प्रतियोगितामा ५०० भन्दा बढी आवेदकबाट छानिएका ९७ क्वालिफायरहरुले अपलोड गरेको बायो, फोटो र भिडियोका आधारमा उत्कृष्ट ५० को छनोट गरिएको हो। टप १४ हुँदै विजयी हुने आयोजकले जनाएको छ।

उनीलाई उत्कृष्ट चौधमा पुर्याउनको लागि नुवाकोटबासी तथा सम्पूर्ण शुभचिन्तकहरुलाई उनकी बुबा बैकुण्ठ मिश्रले फेसबुकबाट अनुरोध गरेका छन् । उनकी बुबा जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुन् ।

प्रतियोगिता पूर्णतया ‘भर्चुअल’ हुने भएकोले उनलाई मोबाइल एप र आधिकारिक वेबसाईटमार्फत नै भोटिङ दिन सकिने छ । उनीलाई भोटिङ गर्नको लागि मिस युनिभर्स नेपाल २०२० र “खल्ती” को दुवै मोवाईल एप मार्फत भोटिङ गर्न सकिनेछ। भोटिङ यहि मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म भोट गर्न सकिनेछ । एप र आधिकारिक वेबसाईटमार्फत अन्य ४९ प्रतियोगितालाई समेत भोट गर्न सकिने छ।

उनी अहिले इण्डियामा चार्टर एकाउन्टेन्टको अन्तिम सेमेस्टरमा अध्ययनरत रहेकी छिन् । उनीले काठमाडौं मोडेल कलेजमा १०+२ अध्ययन गरेकि हुन् भने विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको सुभेनियर बोर्डिंङबाट एस.एल.सी. (एसईइ) दिएकी हुन्।

नेपालमा पहिलो पटक ‘मिस युनिभर्स नेपाल २०२०’ आयोजना हुन लागेको हो। यसअघि ‘हिडन ट्रेजर’ले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’कै प्रतिस्पर्धीहरुमध्ये एकलाई ‘मिस युनिभर्स नेपाल’को उपाधि दिइने गरको थियो। मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको हो ।

मिस युनिभर्स नेपाल २०२० को ताजको पुरस्कार राशी १० लाख रहने छ, जुन नेपालको परिवेशमा अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

सहभागीलाई भोटिङ गर्न के गर्ने?

मिस युनिभर्स नेपाल २०२० को मोवाईल एपबाट भोटिङ गर्ने विधि
मिस युनिभर्स नेपाल २०२० को लागि खल्ती मोवाईल एपबाट भोटिङ गर्ने विधि

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ