+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनको सेवामा पुन:दिन तोकियो

DAO Nuwakot Office Building
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – जिल्ला प्रशासन कार्यालयले प्रदान गरिने सेवामा पुन:दिन तोकिएको छ।

पछिल्लो समय नुवाकोट जिल्लामा कोभिड-१९ संक्रमणको दर बढ्दै गएको हुनाले सङ्क्रमणको जोखिम कम गर्न स्थानीय तहगतका नागरिकहरुलाई सेवा प्रदान गर्न दिन तोकिएको जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

उनका अनुसार एकातिर संक्रमणको दर बढ्दै गएको र अर्कोतर्फ कार्यालयमा सेवाग्राहीको भीडभाड समेत अत्यधिक बढेको हुनाले कार्यालयबाट नै सेवाग्राही तथा कर्मचारीमा कोभिड-१९ को संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी यस कार्यालयबाट प्रदान हुँदै आइरहेको सबै प्रकारका नियमित सेवालाई कार्तिक २१ गते शुक्रबारदेखि अर्को सूचना नभएसम्मको लागि दिन अनुसार स्थानीय तहका नागरिकहरुलाई सेवा प्रदान गरिने छ।

प्रशासनको सेवामा बार तोकियो

  • आइतबार र बुधबार: विदुर नगरपालिका, सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिका
  • सोमबार र बिहीबार: बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका
  • मंगलबार र शुक्रबार: पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका

सेवाग्राहीले आईतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सेवाग्राहीले सेवा लिन सकिने छ।

सेवाग्राहीले कार्यालयमा पेश गर्नुपर्ने कागजातको फोटोकपी नि:शुल्क रुपमा गर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ