+
Search

ताजा अपडेट +

पपुलर +

जिपी अध्ययन केन्द्रमा भण्डारी

suman bhandari gp foundation district chapter chairman new
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – नुवाकाेटका युवा तथा व्यवसायी सुमन भण्डारी जिपि काेईराला अध्ययन केन्द्र नुवाकाेटकाे अध्यक्षमा मनाेनित भएका छन्।

विदुर नगरपालिका-२ स्थित विदुरका सुमन भण्डारीलाई जिपि काेईराला अध्ययन केन्द्रले नुवाकाेटकाे अध्यक्ष मनाेनित गरेकाे हो।

राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उद्देश्य बाेकेकाे जिपि काेईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे स्मृतिमा स्थापना गरिएकाे हाे।

आम जनसमुदायलाई प्रजातान्त्रिक धारमा रहेर लाेकतन्त्रकाे रक्षाकाे लागि क्रियाशील राख्ने उद्देश्यले स्थापना भएकाे यस संस्थाले देशभरका ७७ जिल्लामा आफ्नाे शाखा विस्तार गर्ने क्रममा नुवाकोटमा पनि मनोनित गरेको हो ।

मनाेनित भएका अध्यक्ष भण्डारीले आफुलाई यस जिपि काेईराला अध्ययन केन्द्रकाे जिम्मेवारी दिएकाेमा नुवाकाेटका अग्रज नेताहलाई धन्यवाद दिदै केन्द्रमार्फत् राष्ट्रियता प्रजातन्त्र र समाजवादलाई स्थानियस्तरबाटै समाज परिवर्तन गर्ने अभियानलाई जिल्लाभरि प्रचारप्रसार गर्न आफू सधै तल्लिन रहने बताए। जिल्लाका सम्पूर्ण युवा व्यवसायी र अग्रज राजनीतिज्ञलाई सम्मान गर्दै संस्थालाई आगाडि बढाउने बताए ।

उनी नुवाकोट उद्योग वाणिज्य संघको कार्यसमितिका सदस्य समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ