+
Search

ताजा अपडेट +

पपुलर +

नशालु तिम्रो आखाँ बोलको म्युजिक भिडिओ सार्वजनिक

nashalu aankha banshidhar production nuwakot
डबली खबर
५ साल अगाडी

नुवाकोटका नवोदित गायक कुशल नेपालीको “नशालु तिम्रो आखाँ” बोलको गीतको म्युजिक सार्वजनिक भएको छ।

बंशिधर प्रोडक्सनमा निर्मित म्युजिक भिडिओ दामिज नुवाकोटको युटुब च्यानलबाट शनिबार सार्वजनिक भएको हो।

गीतमा गायक स्वयम् कै शब्द रहेको छ भने अभिनय पनि उनकै रहेको छ । म्युजिक भिडिओमा गायक कुशलसहित नवकलाकार रोसेश पाण्डे, अन्जु लोप्चन र सुयोग कुमालको अभिनय रहेको छ।

म्युजिक भिडिओको निर्देशन तथा सम्पादन हेमन्त लोप्चनले गरेका छन् भने सिनेम्याटोग्राफी पनि उनकै रहेको छ।

मिलन फिलिम्समा रेकर्डिङ भएको सो गीतको एरेन्ज पनि मिलन फिलिम्स कै रहेको छ।

म्युजिक भिडिओमा नेपालकै दोस्रो लम्बाई भएको विदुर नगरपालिका-२ मा रहेको दरबार एडभेन्चर जीपलाईनको दृश्यको साथै नुवाकोट दरबार क्षेत्र र भैरवी मन्दिर परिसर लगायतको मनोरम दृश्यलाई समेटिएको छ।

विदुर नगरपालिका-४ बालुवाटारका स्थायी घर भएका गायक कुलश क्रिकेट खेलाडी पनि हुन्।

भिडिओ

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ