+
Search

ताजा अपडेट +

पपुलर +

आईशोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनको लागि चिकित्सक र होटल व्यवसायीबिच सम्झौता

NMA_and_Hotel_Professional_Federation_Joint_Press_Release_2077_Corona_Covid19
डबली खबर
५ साल अगाडी

काठमाडौं – नेपाल चिकित्सक संघ र होटल व्यवसायी महासंघबिच भएको संयुक्त बैठकले चिकित्सकहरुलाई आईशोलेसन तथा क्वारेन्टाइनको लागि होटलको व्यवस्थापन गर्न होटल व्यवसायी तत्पर भएको छ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको दर दिनानुदिन बढ्दै गईरहेको अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै निरन्तर स्वास्थ्य सेवा प्रवाहमा तल्लिन रहेका चिकित्सकहरुलाई सुरक्षाका सामग्रीको अभाव, आवतजावत तथा आवासको समस्याका साथै सङ्क्रमणको उच्च जोखिम भोग्नु परिरहेको छ ।

बैठकले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा उपचारमा अग्रपंक्तिमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै सबैभन्दा बढी प्रभावित भइरहेको अवस्थामा चिकित्सकका साथै परिवारहरुको समेत स्वास्थ्य ख्याल गर्दै चिकित्सकहरुको मनोबल उच्च बनाईराख्नका लागि र बढ्दो सङ्क्रमणसँग जुध्नको लागि सबै तह र सरोकारवालाबाट सहयोग पुर्याउन पर्ने आवश्यकतालाई मध्यनजर गर्दै संयुक्त बैठकले चिकित्सकहरुलाई आईशोलेसन तथा क्वारेन्टाइनको लागि होटलको व्यवस्थापन गर्न होटल व्यवसायी तत्पर भएको होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए।

बैठकले द्विपक्षीयबाटचारबुँदे सम्झौता गरेको छ। सम्झौतामा उपत्यका बाहिरका लागि चिकित्सक संघका प्रादेशिक संयोजकहरु र होटल व्यवसायीको तर्फबाट प्रादेशिक प्रमुखहरुको समन्वयमा आआफ्ना मातहतका प्रदेश तथा जिल्ला शाखाहरुबीच आवश्यक सहकार्य गर्न जिम्मेवारी तोकेको उल्लेख गरेको छ ।

चिकित्सकहरुलाई आईशोलेसन/क्वारेन्टाइनमा राखे बापत होटलले पाउने भुक्तानी स्वयम् चिकित्सक वा स्वास्थ्यकर्मीहरु आवद्ध संस्थाले नै भुक्तान गरेपश्चात मात्र चेक आउट हुन सक्ने भनि सम्झौंता गरेको छ ।

होटलको शुल्क र अन्य आवश्यक जानकारीको लागि होटल व्यवसायी र चिकित्सक संघका प्रतिनिधि तोकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ