+
Search

ताजा अपडेट +

पपुलर +

१३ टिपर र दुई स्काभेटर कारवाहीमा

nadi dohan
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – असार १ देखि भाद्र मसान्तसम्म नदिजन्य पदार्थको उत्खनन् तथा
संकलन गर्न रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने १० टिपर र एक स्काभेटरलाई कारवाही गरिएको छ।

जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेका अनुसार हालसम्म तीनमहिनाको अवधिभित्रमा नदी उत्खनन तथा नदिजन्य पदार्थको ओसारपसार गरेकाबाट एक लाख ७० हजार राजश्व सङ्कलन गरिएको छ भने एक स्काभेटर र तीन टिपर कारबाही हुन बाँकीनै रहेको छ।

नियम उल्लंघन गरी नदी दोहन गर्ने स्काभेटरमा फलामे जन्जिर समेत लगाईएको प्रहरीले जनाएको छ।

नुवाकोटका नदि दोहन गर्न तीन महिना रोक

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो  ।

गत जेष्ठ २८ मा बसेको बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदिहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको थियो भने सबै स्थानीय तहहरुले प्रत्येक ३/३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय गरिएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ