+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको नयाँ जिल्ला दररेट सार्वजनिक

wages rate nuwakot district coordination committee 2077-078
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम आव २०७७/७८ का लागि नुवाकोट जिल्लाभर लागु हुने गरि निर्माण सामग्री र ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण सार्वजनिक भएको छ ।

जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थीको संयोजकत्वमा गठित उपसमितिले आव २०७७/७८ को लागि जिल्लाभर लागु हुने गरि निर्माण सामग्री र ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला दरमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म वृद्धि गरेको छ।

समितिले प्लास्टरको प्रति दिन १२००, कम्प्युटर अपरेटर १०००, ज्यामी ७३०, पियन ५००, लाईट ड्राइभर ६६०, प्याच वर्कर ५७०, लेन्थ वर्कर सुपरभाईजर ६४० र झाडु लगाउने ५४० ज्याला निर्धारण तोकेको छ।

नुवाकोट जिल्लाको ज्याला तथा निर्माण सामाग्रीहरूको दररेट २०७६/०७७

गत आवमा प्लास्टर ११८०, कम्प्युटर अपरेटर ९८०, ज्यामी ७००, पियन ४८०, लाईट ड्राइभर ६४०, प्याच वर्कर ५६०, लेन्थ वर्कर सुपरभाईजर ६३० र झाडु लगाउने ५३० ज्याला निर्धारण गरेको थियो।

ज्याला तथा निर्माण सामाग्रीहरूको दररेटको पूर्ण पाठ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ