+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा तादी गाउँपालिकाका थप एकमा कोरोना संक्रमण, संक्रमित सङ्ख्या ३१ पुग्यो

nuwakot coronavirus covid19 update nepal world
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – तादी गाउँपालिकाका थप एक जनालाई कोरोना संक्रमण भएको पुष्टीसँगै नुवाकोटमा संक्रमितको संख्या ३१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा तादी गापाका १९ वर्षिय युवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेका जानकारी दिए।

बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डन रेमकुमार राईले जानकारी दिए ।

हालसम्म नुवाकोटमा २१ जनाले कोरोनालाई जित्दै निको भइ घर फर्केका छन् । यस्तै ११ जना आइसोलेशनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ