+
Search

ताजा अपडेट +

पपुलर +

क्वारेन्टाइनमा रहेका व्यक्तिलाइ योगा सिकाईने

district administration office dao nuwakot daonuwakot
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको शारीरिक तन्तुरुस्तको लागि योगाभ्यास गराईने भएको छ ।

आइतबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समितिको बैठकले योगाभ्यासको लागि जिल्ला आयुर्वेद केन्द्रलाई जिम्मा दिईएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

बैठकले भारतबात नेपालको नाका हुँदै जिल्ला प्रवेश गर्ने सबै स्थानीय तहको व्यवस्थापनबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बसेको न्यूनतम १४ दिन अवधि समाप्त भएपछि सम्बन्धित स्थानीय तहले स्वास्थ्य कार्यालयको समन्वयमा आरडीटि परिक्षण गराई घर पठाउने व्यवस्था मिलाउन निर्यण भएको छ। आवश्यक देखिएमा पिसीआर परीक्षणको लागि व्यवस्था गरि क्वारेन्टाइनमा राख्ने निर्यण गरेको छ।

अहिलेसम्म जिल्लामा १ जनालाई पिसीआरमा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकाको तेस्रोपटक पनि परिक्षणमा नेगेटिभ देखिएकोले घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ