+
Search

ताजा अपडेट +

पपुलर +

४ सय ५० लिटर अवैध घरेलु मदिरा नस्ट

local wine madira dispose in nuwakot police
डबली खबर
५ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरेको छ ।

कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणकालिन अवस्थामा नेपाल सरकारद्वारा लागू गरेको बन्दाबन्दीको समयमा निशेधाज्ञा उल्लंघन गरि भट्टि पसल सञ्चालन गरेको विशेष सुचनाको आधारमा उक्त सामग्री नियन्त्रणमा लिएर आज कार्यालय परिसरमा खाडल खनी नष्ट गरेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले बताए ।

जिल्लाका विभिन्न  स्थानबाट जिल्ला प्रहरी कार्यालय नुवाकोटले ४ सय ५० लिटर अवैध घरेलु मदिरा र २ सय लि कच्चा पदार्थ बरामद गरी शनिबार नस्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ