+
Search

ताजा अपडेट +

पपुलर +

लिङ्गो ढालेसँगै सकियो ‘सिन्दूरे जात्रा’

sindure jatra lingo nuwakot
डबली खबर
३ हप्ता अगाडी

३० चैत, नुवाकोट। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नुवाकोटको वर्ष बन्धन (सिन्दूरे जात्रा) विधिपूर्वक सम्पन्न भएको छ। जात्राको प्रमुख आकर्षणका रूपमा रहने ४२ हात लामो लिङ्गो हिजो र आज बिहान विशेष पूजा अर्चना सहित ढालिएको हो।

चैत्र शुक्ल चतुर्दशी (१८ गते) का दिन लिङ्गो ठड्याएर सुरु गरिएको यस जात्रामा अष्टमातृकाको प्रतिकस्वरूप विभिन्न धार्मिक सामग्रीले सजाइएको लिङ्गोले विशेष सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको हुन्छ। नाग–नागिनीको प्रतिकका रूपमा धार्मिक विधिअनुसार सजाइएको ध्वजा (हंलिपतध्वजा) लिङ्गोमा बाँधिने परम्परा यस जात्राको मुख्य विशेषता हो। साथै बजरजयन्तीको फूल तथा डाँठ पनि लिङ्गोमा बाँध्ने प्रचलन रहिआएको छ।

धार्मिक विश्वासअनुसार लिङ्गो ढाल्ने तथा पूजा–अर्चना गर्ने परम्पराले इन्द्रदेवप्रति श्रद्धा अर्पण गर्दै वर्षा, समृद्धि तथा अनिष्टबाट सुरक्षा प्राप्त हुने जनविश्वास रहेको छ। यस जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि र सहकाल प्राप्त हुनुका साथै शत्रु नाश हुने विश्वास समेत रहिआएको छ।

जात्रा सम्पन्न भएपछि भैरबी मन्दिरको पछाडिको डबलीमा राखिएको खटमा विराजमान भैरव–भैरवी तथा अष्टमातृका देवतालाई विधिपूर्वक क्षमा पूजा गरी पुनः मन्दिरमा स्थापित गरिएपछि औपचारिक रूपमा जात्रा समापन हुने परम्परा रहेको छ।

विशेषत २०८२ सालमा सिन्दूरे जात्रा एकै वर्ष दुई पटक मनाउने अवसर प्राप्त हुनु यस वर्षको अर्को विशेषता बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ