+
Search

ताजा अपडेट +

पपुलर +

वनमा डढेलो लगाउने विरुद्ध अदालतमा मुद्दा दायर

district forest office of Nuwakot
डबली खबर
४ हप्ता अगाडी

२७ चैत, विदुर । डिभिजन वन कार्यालय नुवाकोटले राष्ट्रिय वन क्षेत्रमा आगो लगाएको अभियोगमा एक जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सूर्यगढी गाउँपालिका वडा नं. ४ अर्चलेस्थित चण्डेश्वरी सामुदायिक वनमा डढेलो लगाएको आरोपमा स्थानीय नारायण तामाङ विरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको डिभिजनल वन अधिकृत प्रदिपनाथ शर्माले जानकारी दिए ।

प्रहरी र वन कर्मचारीको टोलीले तामाङलाई गत चैत २० गते वनमा आगो लगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए । अनुसन्धान पश्चात् वन कार्यालयले वन ऐन, २०७६ को दफा ४९ (घ) बमोजिमको कसुर गरेको ठहर गर्दै उनलाई कडा कारबाहीको माग गरेको छ।

डिभिजन वन कार्यालयका अनुसार प्रतिवादी तामाङलाई वन ऐनको दफा ५० को उपदफा (४) अनुसार तीन वर्षसम्म कैद र ६० हजार रुपैयाँ जरिवानाको मागदाबी गर्दै नुवाकोट जिल्ला अदालतमा अभियोग पत्र बुझाइएको छ।

डढेलोका कारण वनको जैविक विविधता र वन्यजन्तुमा क्षति पुगेको भन्दै कार्यालयले प्रचलित कानुन अनुसार अधिकतम सजायको माग गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ