+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्यागङ गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

म्यागङ गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
डबली खबर
२ हप्ता अगाडी

१८ चैत, नुवाकोट । म्यागङ गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुऱ्याउने उद्देश्यका साथ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई एक विशेष समारोहका बीच सम्मानित तथा पुरस्कृत गरेको छ।

मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाले शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद तथा सम्मान पत्रसहित प्रोत्साहन गरेको हो।

शैक्षिक क्षेत्रमा गरिएको लगानी र मेहेनतको कदर गर्दै आयोजित यस कार्यक्रममा एसइईतर्फ उत्कृष्ट जिपिए हासिल गर्न सफल ६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको शिक्षा अधिकृत देवकी सिम्खडाले जानकारी दिईन् । त्यस्तै, आधारभूत तह (कक्षा ८) तर्फ सामुदायिक विद्यालयका ३ जना र संस्थागत (निजी) विद्यालयका १ जना गरी कुल ४ जना जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत उनले जानकारी दिईन् ।

विद्यार्थी र शिक्षकहरूको हौसला बढाउनुका साथै शिक्षण पेशामा उर्जा थप्न गाउँपालिकाले सम्मान गरेको पालिका अध्यक्ष आशाबहादुर तामाङले बताए ।

यसै क्रममा, एसइई परीक्षामा आफ्नो विषयमा शत-प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विभिन्न विद्यालयका ३२ जना विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको छ।

शिक्षकहरूको व्यावसायिक दक्षता र समर्पणकै कारण गाउँपालिकाको शैक्षिक नतिजामा सुधार आएको ठहर गर्दै उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको उपाध्यक्ष सिता तामाङले बताईन् ।

यस वर्षको शैक्षिक सम्मान कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष कमलबहादुर तामाङको व्यक्तिगत योगदानले थप चर्चा पाएको छ। म्यागङ गाउँपालिकाभरिबाटै एसइई मा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरूप वडाध्यक्ष तामाङले व्यक्तिगत तर्फबाट २० हजार रुपैँया नगद पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ