sujim bazar advert

सरकारका ४ निर्णयहरू, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

डबली खबर     चैत्र १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nepal prime minister balen shah first cabinet meeting kathmandu
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले पदभार ग्रहण गरेसँगै बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण चार निर्णयहरू गरेको छ।

सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी युवा पुस्ताको ‘जेन-जी’ आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन र शासकीय सुधारलाई प्राथमिकतामा राखेको छ ।

बैठकले जेन-जी आन्दोलनका साथै मुलुकका विभिन्न कालखण्डमा भएका आन्दोलनका ज्ञात-अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई दिने निर्णय भएको छ।

प्रशासनिक चुस्तता र सुशासनका लागि मन्त्रिपरिषद्ले ‘सरकारको शासकीय सुधारका १०० कार्यसूची’ स्वीकृत गरेको छ। यी कार्यसूचीहरू भोलिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ।

यस्तै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेकाे छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top