sujim bazar advert

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

डबली खबर     चैत्र १२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Excavator accident by Gemini
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१२ चैत, नुवाकोट । शिवपुरी गाउँपालिका–३ गौजेनीस्थित मैदानबाट लप्से जाने भित्री सडकखण्डमा स्काईभेक्टरले बाटो खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

मङ्गलबार चैत ११ गते दिउँसो करिब २ बजेर १० मिनेटको समयमा सडक निर्माणका लागि स्काईभेक्टरले बाटो खन्ने क्रममा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी बीरबहादुर बुडाऐरले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी शिवपुरी गाउँपालिका–३ निवासी करिब ३५ वर्षीय फुलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

साथै उक्त घटनामा स्काईभेक्टर चालक ललितपुर निवासी २४ वर्षीय अमृत तामाङ पहिरोले पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश सरकारको करिब ९ लाख रुपैयाँ लागतको योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटसँग सम्झौता गरी उपभोक्ता समितिमार्फत काम भइरहेको शिवपुर गापा-३ का अध्यक्ष नाती तामाङले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली, स्थानीयबासीहरु उद्धारमा खटेका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top