sujim bazar advert

नेपाल बैंकको समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक

डबली खबर     फाल्गुन २०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Rastra Bank 180 panorama view
Big Education Consultancy Nuwakot

२० फागुन, नुवाकोट । नेपाल राष्ट्र बैंकले समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपाली अर्थतन्त्रमा एउटा गम्भीर विरोधाभास देखाएको छ।

प्रतिवेदनअनुसार एकातिर बैंकका ढुकुटीहरू रेमिट्यान्स र निक्षेपले भरिभराउ छन् भने अर्कोतिर न्यूरोड जस्ता मुख्य बजारहरूमा व्यापारिक मन्दी छाएको देखिएको हो ।

पछिल्लो एक दशकमा भूकम्प, महामारी र हालैको जेन-जी आन्दोलन जस्ता चार ठूला झट्काहरूले हाम्रो औसत आर्थिक वृद्धिलाई ४.२ प्रतिशतमा सीमित गरिदिएका छन् । .जसले लगानीकर्ता र उपभोक्ता दुवैको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको देखिन्छ।

तथ्याङ्क अनुसार मुद्रास्फीति २.४३ प्रतिशतमा झरेको छ । जुन भारतको न्यून मुद्रास्फीति र कमजोर आन्तरिक मागको परिणाम हो। तर, अर्थतन्त्रको संरचनात्मक पक्ष भने चिन्ताजनक छ। नेपालले औद्योगिक विकासको चरणलाई ‘स्किप’ गरेर सिधै सेवा क्षेत्रमा फड्को मारेको छ । प्रतिवेदनले ‘समय अगावैको वि-औद्योगिकीकरण’ उल्लेख गरेको छ।

कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा १२.८ प्रतिशतमा खुम्चिनुले हामी उत्पादनभन्दा बढी परनिर्भरता र आयातित वस्तुको उपभोगमा टिकेको स्पष्ट पार्छ।

अहिले बैंकहरूमा ब्याजदर इतिहासकै न्यून हुँदा पनि निजी क्षेत्रले ऋण लिन नचाहनुले मुलुक तरलताको पासोमा फसेको संकेत गरेको छ ।

शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बलियो देखिए पनि यो केवल वैदेशिक रोजगारीमा गएका युवाहरूको पसिना (रेमिट्यान्स) मा अडिएको एउटा ‘काँचो जग’ मात्र हो।

२०२६ मा ४ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको यो घडीमा अब केवल मौद्रिक नीतिले मात्र पुग्दैन; अर्थतन्त्रलाई चलायमान बनाउन ठोस संरचनात्मक सुधार र लगानीमैत्री वातावरण अनिवार्य भइसकेको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top