+
Search

ताजा अपडेट +

पपुलर +

२० जना महिलाले लिए अचार बनाउने तालिम

20 women take pickle making training
डबली खबर
२ महिना अगाडी

१९ फागुन, नुवाकोट । लिखु गाउँपालिका वडा नं. २ मा सञ्चालन भएको निःशुल्क अचार बनाउने तालिममा २० जना महिलाहरूले तालिम लिएका छन् ।

बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय गजुरी, धादिङको आर्थिक सहयोग र लिखु गाउँपालिका वडा नं. २ को समन्वयमा उक्त तालिम भएको हो ।

फागुन ८ गतेदेखि सुरु १७ गतेसम्म भएको प्रशिक्षण अवधिमा सहभागी महिलाहरूले विभिन्न १४ थरिका स्वादिष्ट अचारहरू बनाउने सीप सिकेका छन् । प्रशिक्षण अवधिमा उनीहरूले करिब ५०० बट्टा अचार तयार पारेका थिए।

कार्यक्रममा २ नम्बर वडाका अध्यक्ष प्रेमबहादुर थापामगर तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताए। स्थानीयस्तरमा यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। स्थानीय उत्पादनलाई अनतर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सम्भावना बढाउने कार्य वडाले आगामी कार्यक्रममा गरिने बताए ।

तालिममा नेपाल उद्यमी विकास परामर्श प्रालिकी प्रशिक्षक मिरा बजगाईंले सहजीकरण गरेका थिए । तालिमले स्थानीय महिलाहरूलाई सीप विकास गरी स्वरोजगार तथा आयआर्जनको अवसर प्रदान गर्ने उनले बताईन् ।

तालिमको सुप्रिम कलेज अफ होटल म्यानेजमेन्ट तथा इञ्जिनियरिङका प्रतिनिधि नवराज खड्का र प्रदीप पण्डितले निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ