sujim bazar advert

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस: जनमुखी र प्रविधिमैत्री पत्रकारितामा जोड

डबली खबर     माघ २२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

28th Anniversary of Press Chautari Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२२ माघ, काठमाडौँ । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले बुधबार एक शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ।

अग्रजप्रति सम्मान र गौरवशाली इतिहास महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा मुलुकमा लोकतन्त्र, गणतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। संगठनले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे र स्वर्गीय अग्नि शिखा लगायतका अग्रजहरूको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको छ। विगतका वर्षहरूमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सामाजिक जागरणका अभियानमा चौतारीले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको सन्देशमा उल्लेख छ।

वर्तमान चुनौती र वैचारिक प्रतिबद्धता आजको सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी र सूचना प्रवाहभन्दा व्यापार हाबी हुँदै गएकोप्रति संगठनले चिन्ता व्यक्त गरेको छ। दलाल पुँजीवादले सूचना प्रविधिको दुरुपयोग गर्दै राष्ट्रिय पुँजी र स्वाधीनताविरुद्ध भ्रामक धारणाहरू सिर्जना गरिरहेको उल्लेख गर्दै प्रेस चौतारीले त्यसका विरुद्ध स्पष्ट वैचारिक प्रतिबद्धताका साथ उभिने उद्घोष गरेको छ। सञ्चार र प्रविधि केवल मुनाफाका लागि नभई जनताको सेवामा समर्पित हुनुपर्ने संगठनको मुख्य मान्यता रहेको छ।

डिजिटल सुदृढीकरण र भविष्यको बाटो आगामी दिनमा संगठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल संरचनाको सुदृढीकरण, दक्ष जनशक्ति विकास र आधुनिक सञ्चार संयन्त्रको विस्तारलाई प्राथमिकतामा राखिएको छ। डाटा सुरक्षा र डिजिटल अर्थतन्त्रको न्यायोचित विकासका लागि नीतिगत सतर्कता अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ।

“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सञ्चार र सूचना प्रविधिलाई जोड्दै नयाँ पुस्तासँग संवाद गर्ने र जनतालाई जागरूक बनाउने ऐतिहासिक दायित्व पूरा गर्ने संकल्प प्रेस चौतारीले गरेको छ।

वैज्ञानिक, प्रगतिशील र जनमुखी पत्रकारिताको बाटोमा अविचलित रहने प्रतिबद्धताका साथ महासचिव लामाले सबैमा पुनः बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top