+
Search

ताजा अपडेट +

पपुलर +

महिला उद्यमी समितिको संयोजकमा प्रधान

डबली खबर
३ महिना अगाडी

११ माघ, नुवाकोट । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तर्गत राष्ट्रिय महिला उद्यमी समितिको नुवाकोट जिल्ला समिति गठन भएको छ।

समितिको संयोजकमा शान्ति प्रधान चयन भएकी छिन् । प्रधानको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सचिवमा सोविता परियार र कोषाध्यक्षमा सिर्जना पाण्डे श्रेष्ठ रहेका छन् ।

सदस्यहरूमा सञ्चिता श्रेष्ठ, सरस्वती श्रेष्ठ, सम्जना थापा मगर, सोमायाँ तामाङ, तनाया वर्दैया, नानु गुरुङ र देउती परियार रहेका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ समितिको घोषणा गरिएको हो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरूको सशक्तीकरण, सीप विकास तथा व्यवसाय विस्तारमा महासंघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समिति गठनसँगै नुवाकोटका महिला सिलाई तथा कपडा व्यवसायीहरूले संगठित रूपमा आफ्नो हकहित संरक्षण, तालिम, बजार प्रवर्द्धन तथा सहकार्यका लागि नयाँ ढोका खुलेको समितिका संयोजक शान्ती प्रधानले बताईन् ।

समितिले आगामी दिनमा विभिन्न तालिम, प्रदर्शनी तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ