+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयाधाममा तीर्थालुहरु कम

Uttargayadham Betrawati Rasuwa Nuwakot Nepal
डबली खबर
४ महिना अगाडी

५ पुस, नुवाकोट । यस वर्षको पौषे औंशीको अवसरमा आफ्ना दिवंगत पितृहरुको मुक्तिको कामना गर्दै नुवाकोट र रसुवाको सिमाना बेत्रावतीस्थित उत्तरगयाधाममा पीण्डदान गर्नेहरु तीर्थालुहरुमा कमी देखिएको छ ।

गत वर्षको भन्दा यस वर्ष तीर्थालुहरुमा सहजता भएतापनि शुक्र अस्तको प्रभावले उत्तरगयाधाममा यसवर्ष ५० प्रतिशत कम देखिएको स्थानीय बताउँछन्।

उत्तरगयाधाममा पीण्डदान कार्यमा नुवाकोट, रसुवाका साथै अन्य जिल्ला र भारतीय तीर्थालुहरुकासमेत सहभागिता रहेको थियो ।

तीर्थालुहरुको सुविधाका लागि त्रिशूली नदीमा दुर्घटना हुन नदिन डोरीको घेरा लगाइनुका साथै स्वंसेवक, प्रहरीहरु परिचालन, नि:शुल्क खाजाको व्यवस्था र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ