+
Search

ताजा अपडेट +

पपुलर +

टेक्सास समाजको चुनावी माहोल बढ्दो, कोषाध्यक्षमा थापालाई ‘योग्य विकल्प’ का रूपमा हेराइ

team Vijay Prem Thapa Nepal Society, Texas candidate
डबली खबर
४ महिना अगाडी

२४ मङ्सिर, नुवाकोट । आसन्न नेपाली समाज टेक्सासको अधिवेशनको निर्वाचन आगामी डिसेम्बर १३, शनिबार पशुपतिनाथ तथा बुद्ध बिहार, युलेसमा हुँदैछ। निर्वाचनबाट नयाँ कार्यकाल २०२६–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

समाजको अध्यक्ष पदका लागि विजय भुसाल र जनक भण्डारी उम्मेदवारी रहेको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको चुनावी गतिविधि तीव्र बनेको छ।

यही क्रमसँगै टिम ‘विजय’को प्यानलबाट कोषाध्यक्ष पदका उम्मेदवारी दिएका प्रेम थापा (आदित्य) ले समुदाय सेवा, आर्थिक पारदर्शिता र इमानदार व्यवस्थापनलाई मुख्य एजेण्डा बनाउँदै चुनावी अभियान होमिएका छन् ।

कोषाध्यक्ष पदका उम्मेदवार उनी नुवाकोट जिल्ला दुप्चेश्वर स्थायी निवासी हुन्। सानिमा बैंकका पूर्वकर्मचारी समेत रहेका उनी सन् २०२२ मा अमेरिका प्रवेश गरेका थिए ।

नेपालमा रहँदै बैंकिङ तथा प्रशासनिक क्षेत्रमा अनुभवले निखारिएका उनी अमेरिकामा पनि वित्तीय क्षेत्रमै संलग्न रहँदै आएका छन् । आर्थिक व्यवस्थापनमा दक्ष, व्यवस्थित र जिम्मेवार उम्मेदवारको रूपमा उनी अघि बढेका हुन् ।

समर्थकहरूका अनुसार उनको अनुभवले संस्थाको कोषाध्यक्ष पदलाई प्रभावकारी बनाउने क्षमता राख्ने बताउँछन् ।

कोषाध्यक्षका रूपमा जिम्मेवारी पाउने अवसर मिले संस्थाको एक पैसा पनि व्यक्तिगत स्वार्थमा खर्च हुन नदिने कडा प्रतिवद्धता उनले सार्वजनिक रूपमा जाहेर गरेका छन्।

अनुभव, शुद्ध आर्थिक दृष्टिकोण र पारदर्शी कार्यशैलीलाई आधार बनाएर अघि बढिरहेका थापालाई समुदायले सक्षम र आवश्यक उम्मेदवारको रूपमा हेरेको छ।

संस्थागत आर्थिक प्रणालीलाई मजबुत बनाउने तथा विश्वास वृद्धि गर्ने क्षमताका आधारमा उनको उम्मेदवारी यसपटक निर्णायक बन्ने अपेक्षा व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ