+
Search

ताजा अपडेट +

पपुलर +

मगर सङ्घमा थापा

Nepal magar committee Nuwakot
डबली खबर
५ महिना अगाडी

२१ मङ्सिर, विदुर । नेपाल मगर सङ्घ जिल्ला शाखा नुवाकोटको नेतृत्वमा रामकुमार थापामगर चयन भएका छन्। बट्टारमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षका रूपमा जीवन आलेमगर, भीमसिंह थापा मगर र मौसमी खड्का राना मगर चयन भएका छन्। त्यस्तै, सागर थापा मगर सचिव, सहसचिवमा जितेन्द्र दलामी मगर, रजनी राना मगर र विश्वराज जर्गा मगर नियुक्त भएका छन्। कोषाध्यक्षमा कुलबहादुर थापा मगरले जिम्मेवारी पाएका छन्।

सदस्यहरूमा सदस्यहरूमा मिना मगर, तुलसी माया राना मगर, सुनिल थापा मगर, विकास पुलामी मगर, सुमन आले मगर र विनोद थापा मगर चयन भएका छन्।

अधिवेशनले संगठन सुदृढीकरण तथा मगर समुदायको हकहितका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ