sujim bazar advert

सडक अतिक्रमण विरुद्ध वडा कार्यालयको कडा कदम

सामग्री नहटाए कारबाही गरिने

डबली खबर     मंसिर १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality ward 5 office
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१३ मङ्सिर, नुवाकोट । विदुर नगरपालिका वडा नं. ५ को कार्यालयले सडक अतिक्रमण विरुद्ध वडा कार्यालयको कडा कदममा सूचना जारी गरेको छ ।

वडा अध्यक्ष लिलानाथ न्यौपानेद्वारा हस्ताक्षर गरिएको सूचनाअनुसार वडा क्षेत्रको गल्छी-त्रिशूली सडकखण्ड (देविघाटदेखि गङ्गटे बजारसम्म) मा भएको अतिक्रमण हटाउन र सडकमा कुनै पनि सामग्री (मकै, पराल, आदि) नसुकाउन कडा निर्देशन दिएको छ।

कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न र सार्वजनिक सडकको सहजता कायम गर्न अनुरोध गरेको छ ।

सडक मापदण्ड मिचेर बनाइएका संरचना, झाडी, र बिरुवाहरू तत्काल हटाउन समेत निर्देशन दिएको छ ।

सूचना अटेर गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायबाट कारबाही गरिने चेतावनी दिएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top