+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

istock motorcyle accident
डबली खबर
५ महिना अगाडी

९ मङ्सिर, नुवाकोट । विदुर नगरपालिका–५ पिपलटारमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ।

गल्छी–त्रिशुली सडक खण्ड अन्तर्गत मंगलबार साँझ साढे ५ बजे गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ८० वर्षीय लिलानाथ कोइराला गम्भीर घाइते भएका थिए ।

घाइते कोइरालालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा साँझ सवा ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक लमजुङका २६ वर्षीय जीवन तामाङ र पछाडि सवार ३१ वर्षीय विष्णु थापा सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकाटका सूचना अधिकारी हरिबोल के.सी.का अनुसार चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ