+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर मेलाको तयारी तीव्र : व्यवस्थापनका लागि ११ उपसमिति गठन

Preparations for Dupcheshwor Mela Fair in full swing 11 subcommittees formed for management (2) Shankar Bahadur Thapa
डबली खबर
५ महिना अगाडी

५ मङ्सिर, दुप्चेश्वर । नुवाकोटको प्रसिद्ध धार्मिक तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी तीव्र पारिएको छ। मेलालाई व्यवस्थित र भव्य बनाउन सरोकारवालाहरू सक्रिय भएर लागेका छन्।

दुप्चेश्वर क्षेत्र विकास कोषले शुक्रबार मन्दिर परिसरमा आयोजना गरेको आय–व्यय विवरण सार्वजनिक तथा मेला व्यवस्थापन कार्यक्रममा बोल्दै दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले मेलाको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। उनले मेलालाई शान्त, सुरक्षित र व्यवस्थित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आयव्यय प्रस्तुत गर्दै दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ । तस्बिर: सुनील श्रेष्ठ

कार्यक्रममा कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले कोषको हालसम्मको आय–व्यय विवरण प्रस्तुत गरे । उनले आर्थिक पारदर्शिता कायम गर्दै मेला व्यवस्थापन गरिने बताए ।

यसैगरी, कार्यक्रममा बोल्दै कोषका सदस्य रामेश्वर धितालले मेला व्यवस्थापनलाई चुस्त बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी दिए। उनका अनुसार पूजा व्यवस्थापन, सुरक्षा, यातायात, बजार व्यवस्थापन लगायतका कार्यका लागि जिम्मेवारी बाँडफाँट गरिएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङ, विभिन्न वडाका जनप्रतिनिधिहरू, कोषका अन्य सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ