काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘गोल बेस्ड सेभिङ्ग’ योजना सञ्चालन गरिरहेको छ ।
बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।
लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।
यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिनादेखि अधिकतम् २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।
ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक बचत, प्राप्त हुने व्याजदर र लाग्ने समयबारे जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।
आफनो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोवारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा समेत रहेको छ ।



















प्रतिक्रिया