२१ कात्तिक, नुवाकोट । करिब तीन दशक अघिदेखि सञ्चालनमा रहेको नारायणी बेकरीले आफ्नो पहिलो शाखा विदुर नगरपालिकाको हावाघरमा विस्तार गरेको छ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्धक निर्देशक सुशान अधिकारीले भने “यो केवल एउटा औपचारिकता होइन; यो हाम्रो यात्राको एक स्मरणीय अध्याय हो। यसले हाम्रो एकता, मिहिनेत र दृढ संकल्पको प्रतिक प्रस्तुत गर्छ।”
शाखा विस्तारसँगै थप स्थानीय स्रोत, स्थानीय कफी र घरेलु कच्चा पदार्थलाई प्राथमिकता दिंदै स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा समेत कम्पनीले खास प्राथमिकता राखेको उनले बताए ।
केही समयभित्रै आधुनिक डिजिटल प्लेटफर्ममार्फत ग्राहकले घरमै बसेर अर्डर गर्न सक्ने सुविधा उपलब्ध गराइने उनले जानकारी दिए । बेकरी उत्पादन आफ्नो मोबाइल एप तथा आधिकारिक वेबसाईटमार्फत अर्डर गर्न सकिने सुविधा अन्तिम चरणमा रहेको समेत जानकारी दिए।
नारायणी बेकरीले हाल ५५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीका सञ्चालक खिलबहादुर अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कम्पनी स्थापनादेखि कार्य गर्ने नौ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
शाखा शुभारम्भसँगै कम्पनीले बजारमा अझ व्यवस्थित तथा आधुनिक सेवा विस्तारको घोषणा गरेको छ ।

प्रतिक्रिया