+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

logos garima bikash bank brand color
डबली खबर
७ महिना अगाडी

२८ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पूँजी रहेकोमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ