+
Search

ताजा अपडेट +

पपुलर +

हराएकी बालिकाको शव फेला

death body
डबली खबर
७ महिना अगाडी

२७ असोज, नुवाकोट । गत भाद्र २२ गते लिखु खोलाले हराएर बेपत्ता भएको बालिकाको शव फेला परेको छ ।

घरबाट घाँस काट्न जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी लिखु गाउँपालिका-४ की ११ वर्षिया रश्मी श्रेष्ठको शव एक महिनापछि आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी बिक्रम लामाले जानकारी दिए ।

उनको शव बगाएको स्थानभन्दा सात किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका-९ डुम्रेबगरस्थित तादी खोलाको किनारामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव खोलाको पानीमा डुबी ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला पारिएको हो ।

शव सडेगलेको अवस्थामा पानीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको शवको त्रिशूली अस्पतालमा पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ