+
Search

ताजा अपडेट +

पपुलर +

बुद्ध एयरले कोलकातामा सीधा उडान पुनः सुरु गर्ने

buddha air 2025
डबली खबर
८ महिना अगाडी

८ असोज, नुवाकोट । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकातासँगको सीधा अन्तर्राष्ट्रिय उडान कात्तिक २ गते (अक्टोबर १९) बाट पुनः सुरु गर्ने भएको छ।

कोलकाता–काठमाडौँ रुटमा उडान सञ्चालन गर्ने एकमात्र नेपाली कम्पनी बुद्ध एयरले प्रारम्भमा आइतबार, मङ्गलबार र बिहीबार सातामा तीन दिन सेवा दिनेछ।

उडान एटीआर–७२ जहाजबाट हुनेछ, जसको अवधि लगभग १ घण्टा ३५ मिनेट हुने जनाएको छ। काठमाडौँबाट बिहान ७:०० बजे र कोलकाताबाट स्थानीय समय अनुसार ९:२० बजे उडान हुनेछ। एकतर्फी भाडा रु १३ हजार ३५३ रुपैँया तोकिएको छ।

बुद्ध एयरले यात्रुहरूका लागि धार्मिक तथा पर्यटकीय ‘इनबाउन्ड’ र ‘आउटबाउन्ड’ प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ। कोलकाता उडानसँगै जगन्नाथपुरी, सुन्दरवन, गङ्गासागरजस्ता स्थल भ्रमणका प्याकेजहरू बुद्ध होलिडेजमार्फत उपलब्ध हुनेछन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ