+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको भुक्तानी प्रणाली बन्द

डबली खबर
७ महिना अगाडी

२९ भदौ, काठमाडौँ । अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली बन्द गरेको जनाएको छ। गत साता भएको जेन-जी प्रदर्शनपछिको सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा राखी सरकारले भुक्तानी प्रणाली बन्द गरेको हो।

सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारका तर्फबाट हुने सबै खर्च बन्द गरेको महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए।

प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण सरकारलाई अतिरिक्त खर्च गर्नुपर्ने अवस्थामा त्यसलाई व्यवस्थापन गर्न पनि खर्चमा रोक लगाईएको उनले बताए ।

भुक्तानी प्रणाली बन्द भए पनि सरकारले आफ्ना कर्मचारीका लागि नियमित रूपमा पठाउनुपर्ने मासिक तलबमा भने कुनै समस्या नहुने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ