+
Search

ताजा अपडेट +

पपुलर +

लगानी जुट्यो सानीभेरी जलविद्युत आयोजनालाई

Investment secured for Sanibheri Hydropower Project
डबली खबर
८ महिना अगाडी

१६ भदौ, काठमाडौं । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालिले प्रबर्द्धन गरेको ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा संयुक्त लगानी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकसहित नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले कुल ७.७ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् भने प्रबर्द्धक कम्पनीले २.४ अर्ब रुपैयाँ लगानी गर्नेछ। आयोजनाको निर्माण कार्य ३.५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रुकुमपूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजनाबाट वार्षिक २८१.११३ गीगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ, जुन बाँफीकोट सबस्टेसनमार्फत राष्ट्रिय ग्रीडमा जोडिनेछ।

आयोजनामा ऊर्जाशील युवाहरुको सक्रिय सहभागिता रहेको छ भने अस्ट्रेलियन एक्सपर्ट एजुकेसन ग्रुपका व्यवसायी समेत संलग्न छन्।

सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड मुख्य लगानीकर्ता रहेको यस आयोजनाको निर्माण कार्य १८ महिनामा सम्पन्न हुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ